उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित


काठमाडौँ- वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् ।

उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित उनी भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका थिए ।

उनलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement