२० उपसचिव सहसचिवमा बढुवा सिफारिस, को–को परे ?

२० उपसचिव सहसचिवमा बढुवा सिफारिस, को–को परे ?


काठमाण्डु – सरकारले २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने छन् ।

यस्तै, लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई पनि बढुवा गर्न सिफारिस गरिएको छ ।