हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेलको बढुवा

हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेलको बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेलको बढुवा भएको छ ।

पौडेल हाल हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत छिन् । कम्पनी सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्र शेखरको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पौडेल यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी छिन् । पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय बीमा प्राधिकरणमा पठाएको छ ।