युनाईटेड इन्स्योरेन्स कामु सीईओमा उपासना पौडेल नियुक्त

युनाईटेड इन्स्योरेन्स कामु सीईओमा उपासना पौडेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओको पदमा नियुक्त गरेको हो ।

कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो ।

बीमा क्षेत्रमा एक दशक लामो अनुभव भएकी पौडेलले दिल्ली विश्वविद्यालयबाट मार्केटिङमा स्नातोकत्तर गरेकी छन् ।

उनले भारतमा पनि भोडाफोन, भारती एक्सा जनरल इन्स्यारेन्स लगायत कम्पनीहरुमा काम गरेकी थिइन् । नेपाल आएपछि उनले सानिमा जनरल इन्स्यारेन्सको सहायक महाप्रबन्धक भएर काम गरिसकेकी छन् ।