उपत्यकामा बढ्यो वायु प्रदूषण [तस्बिरहरू]


काठमाण्डु- हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । चिसो मौसममा बढी प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणका कारण मानिसमा एलर्जीसँगै हृदयाघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छ । वायु प्रदूषण काठमाण्डुसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ ।

polution kathmandu1316730639851673064441.jpg

polution kathmandu1216730639841673064440.jpgpolution kathmandu1116730639831673064438.jpgpolution kathmandu516730639771673064431.jpgpolution kathmandu416730639761673064427.jpgpolution kathmandu216730639741673064423.jpg

प्रतिक्रिया दिनुहोस
Advertisement