काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागि हुने\नहुनेबारे कुनै निर्णय गर्न सकेकाे छैन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने तयारी गरिरहेका बेला पार्टीका बहुमत सांसद र कार्यकारिणी सदस्यले विद्रोह गर्ने चेतावनी दिएपछि सरकारमा सामेल हुने नहुनेबारे यादव अलमलमा परेका छन् ।
बुधवार मन्त्रीको नाम चयनको लागि बोलाइएको कार्यकारिणी बैठकमा प्रदेश सरकारको नेतृत्व पनि हातबाट जाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन कठिन भएको भन्दै अधिकांश सांसद र कार्यकारिणी सदस्यहरूले नयाँ गठबन्धनमा सहभागि नहुन यादवलाई सुझाव दिए ।
पार्टीका नेताहरूले उपेन्द्रले उपप्रधानमन्त्रीको पाउने लोभमा सरकारमा जाने मनशाय बनाएकाे भन्दै यो गठबन्धन र सरकारलाई कुनै हालतमा सहयोग नगर्ने दबाब बढाएका हुन् । यससँगै उपेन्द्र यादव प्रचण्ड सरकारमा सहभागि हुनबाट राेकिन पनि सक्नेछन् । पार्टी भित्र ‘अल्पमतमा’ मा परे पछि ‘पर्ख र हेर’ को म्यासेज बोकेर उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बालुवाटार लागेका छन् ।




प्रतिक्रिया