काठमाण्डु- उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
सोमवार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । त्यस्तै यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
आइतवार प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।





प्रतिक्रिया