काठमाण्डु- जनता समाज पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह ढंगबाट पक्राउ गरिएको जनाएको छ ।
बुधवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह ढंगबाट पक्राउ गरिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
कान्तिपुरमाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रतामाथि निर्मम प्रहार भएको यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् । यादवले सिरोहियालाई भ्रष्टाचारविरुद्ध समाचार प्रकाशित गरेकै कारण पक्राउ गरिएको दावी गरे ।
‘नितिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो । राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाई गर्नु पर्दछ ।’, यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया