जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुन सक्दैन : अध्यक्ष यादव

जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुन सक्दैन : अध्यक्ष यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुन नसक्ने बताएका छन् ।

पार्टीको मंगलबार धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गति विरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘जनता संगठित, सचेत र जागरुक भइसकेपछि मात्र विसङ्गति विकृतिविरुद्ध संघर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मी लगायतले पार्टी संगठन सुदृढीकरणका विषयमा बोलेका थिए ।

पार्टीले संगठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’ नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।