जसपा अध्यक्ष यादव मलेसिया प्रस्थान

जसपा अध्यक्ष यादव मलेसिया प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव शनिबार मलेसिया प्रस्थान गरेका छन् ।

अध्यक्ष यादवले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा समेत उनले सहभागिता जनाउने जनाइएको छ । मलेसियामा रहेका प्रवासी नेपालीहरूसँग पार्टीको सम्बन्ध विस्तार गर्नुका साथै उनीहरूको समस्याबारे जानकारी लिने उद्देश्यले भ्रमण तय गरिएको जनाइएको छ ।

अध्यक्ष यादवको भ्रमण आगामी जेठ २० गतेसम्म रहनेछ ।