काठमाण्डु- बारा-२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर निरन्तर मतान्तर बढाइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यादवले अहिलेसम्म १३ हजार ८ सय ५ मत ल्याएका हुन् । यादवलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले ९ हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ९५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन् ।




प्रतिक्रिया