काठमाण्डु- बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुशवाहाबीचको मतान्तर घट्दै गएको छ । पछिल्लो मतपरिणाम यादवलेसँग जनमत पार्टीका उम्मेदवार कुशवाहाले मतान्तर घटाइरहेका हुन् ।
महागढीमाई नगरपालिकाको मतगणना सुरू भएसँगै उनीहरूबीचको मतान्तर घटेको हो । हाल यादवले २० हजार ४६३ मत पाएका छन् । कुशवाहाले भने १७ हजार ७९८ मत पाएका छन् ।
यादव कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडि छन् । यसअघि उनीहरूबीच ३ हजार ४१ मतान्तर थियो ।




प्रतिक्रिया