अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि यसरी धाउदैछन् शक्तिकेन्द्रमा पुर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल

अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि यसरी धाउदैछन् शक्तिकेन्द्रमा पुर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ । बयानका लागि अर्याल आइतबार विहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए । बयान सकेर अर्याल अपरान्ह मात्र फर्किएका थिए । उनिमाथि अकुत सम्पत्ति जोडेको आशंकामा छानविन थालेको हो ।

 

 

 

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा विनाटेण्डर जामर मेसिन खरिददेखि गुणस्तरहीन डीएमएस बुट खरिद जस्ता केही उनले गरेका भ्रष्टाचारका उदाहरण हुन् । उनले एसएसपी हुदासम्म नै अकूत सम्पत्ति आर्जन गरी हुन्डी कारोबारी पवन सरियाहरुलाई मिटर ब्याजमा करोडौैं रुपैयाँ लगानी गरेका थिए ।

 

 

स्रोतका अनुसार अख्तियारले अर्याललाई केही महिना अघि नै १३ पन्ने भराएको थियो । उनले २०७३ फागुन १ मा ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका थिए ।

 

 

अर्याललाई अख्तियारले बयान लिएपछि कार्वाहीबाट बच्न उनले शक्तिकेन्द्र धाउन सुरु गरेको स्रोतको दाबी छ । स्रोतकाअनुसार अख्तियारले बयानको लागी बोलाएपछि  अर्याल बचाइदिन हारगुहार गर्दै अख्तियारका आयुक्त नवीन घिमिरेका सम्धी तथा नेपाल प्रहरीका डीआईजी पवन खरेलकोमा समेत पुगेका छन् ।

 

उनले भारतिय दुतावासका उच्च अधिकारीलाई समेत लाजिम्पाटको इल्लि रेस्टुरेण्टमा भेटेर कार्वाहीबाट बचाइदिन आग्रह गरेको उनि निकट स्रोतले काठमाडौंपाटीलाई बतायो ।