काठमाडौं – समाजवादी पार्टी नेपालले ससरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकमा कानुन, न्याय तथा संसदीय मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि उपेन्द्रले पार्टी छाड्ने निर्णय गरेका हुन् ।
उपेन्द्रले पेश गरेको प्रस्तावमा संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा रहेका अन्तरविरोधहरु सम्बोधन गर्न विज्ञ समूह गठन गर्नुपर्ने थियो । उनले विज्ञ समूहबाट नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरिएको मस्यौदा माग गर्ने बताएका थिए ।
“नेपालको संविधानको कार्यान्वयनका चारवर्षको अनुभवको आधारमा संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रका मूल आधार र मान्यताहरुलाई अझ कारगर रुपमा कार्यान्वयन गर्ने र प्राविधिक रुपमासमेत परिस्कृत र सुधार गर्न नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरी संविधान संशोधनको मस्यौदा नेपाल सरकार समक्ष पेस गर्न संवैधानिक कानुनका विज्ञहरु रहेको एक् समिति गठन गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्तात पेस गर्न आवश्यक भएकोले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय ४२ बमोजिम यो प्रस्ताव पेस गरेको छु,” यादवले पेस गरेको प्रस्तावमा भनिएको छ ।
उनको प्रस्तावमा ख्यातिप्राप्त संविधानविद् सर्वोच्च अदालतका पूर्वन्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन सचिवहरुमध्ये मन्त्रलयले तोकेको सचिव सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ । प्रस्तावमा उक्त समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले चार महिना रहने भनिएको थियो ।
उपेन्द्रले मन्त्रीपरिषद बैठकमा राखेको प्रस्तावः





प्रतिक्रिया