मन्त्रीबाट राजीनामा दिएपछि सर्वाेच्च पुगे उपेन्द्र यादव, पार्टी विभाजनविरुद्ध गुहार

मन्त्रीबाट राजीनामा दिएपछि सर्वाेच्च पुगे उपेन्द्र यादव, पार्टी विभाजनविरुद्ध गुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा गुहार गरेका छन् ।

सोमबार सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका छन् ।

उनले दिएको रिट दर्ता भएको मंगलबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।

अध्यक्ष यादवले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका सांसदलाई समेत विपक्षी बनाएका छन् ।

वैशाख २३ गते अशोक राई पक्षधर नेताहरूले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका हुन् । नयाँ बनेको जसपातिर सांसदहरु प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु झा ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ लागेका छन् ।

पार्टी विभाजनपछि विकसित घटनाक्रमसँगै अध्यक्ष यादवले स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएर सरकार छाडेका छन् ।