काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
यादवले आइतबार दायर गरेकाे रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन माग गर्दै रिट दायर गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधिसभामा विश्वास मत लिने तयारी गरेका छन्। यसका लागि संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री कार्यालयले पत्राचारसमेत गरेको छ।




प्रतिक्रिया