जसपा अध्यक्ष यादवले सर्वाेच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याउने’

जसपा अध्यक्ष यादवले सर्वाेच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याउने’


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट सोमबार ‘हेर्न नभ्याउने’ भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा अन्तिममा पेशी तोकिएको मुद्दा हेर्न नभ्याउने भएको छ ।

ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गर्दा १२औं नम्बरमा रहेको यादवको मुद्दा हेर्न नभ्याइएको हो ।

अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी हुनबाट रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी मंगलवारका लागि सरेको छ भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेका छन् । उनले १५७ मत पाएका छन्, जसमा अशोक राई पक्षका ७ जना सांसदको पनि मत छ ।