जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको जानकारी दिए ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।