काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए ।
नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशिता भएको र राज्यका तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको उनले जिकिर गरे ।
संघीयता र समावेशिताका कारण नभई दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको उनले बताए । उनले समावेशी सहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुने बताए ।
यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको उनले आरोप लगाए ।




प्रतिक्रिया