काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पिठ्युँमा छुरा घोप्नेसँग सहकार्य हुन नसक्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डप्रति लक्षित गर्दै अध्यक्ष यादलवले माओवादीसँग जसपा नेपालको सहकार्य नहुने बताए ।
समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो । अब उहाँसँग सहकार्य अहिले सम्भव छैन ।’
आउने दिनमा जसपासहित मधेसी मोर्चा बन्छ? भन्ने प्रश्नमा उनले भने, ‘अधिकार प्राप्तिका लागि मोर्चा र सहकार्य हुन सक्छ ।’
उनले भने, ‘दासत्व र गुलामी मधेसलाई स्वीकार छैन भने सम्झिने दिन बलिदानी दिवस हो । गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेसलाई अधिकार सम्पन्न बनाउने सहिदको सपना खेर जादैन ।’
२०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो सहिद भएका थिए । बलिदानीको सम्झनामा शनिवार लहानस्थित सहिद स्मारकमा रहेक सहिद प्रतिमामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरे ।




प्रतिक्रिया