अध्यादेशबारे निर्णय लिनुअघि ओली र देउवासँग उपेन्द्र यादवको छलफल

अध्यादेशबारे निर्णय लिनुअघि ओली र देउवासँग उपेन्द्र यादवको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संसदमा सरकारले ल्याएको अध्यादेशबारे निर्णय लिनु अघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् ।

अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बस्दैछ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेस सभापति देउवासहितका नेताहरूसँग छलफल गरेका छन् । कांग्रेस नेताहरूसँग अध्यक्ष यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटेका हुन् ।

भेटमा जसपाका उपाध्यक्ष राजकिशोर यादव पनि थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।

कांग्रेस सभापति देउवाले जसपा नेपालसँग अध्यादेशको पक्षमा मत जाहेर गर्न आग्रह गरेका छन् । जसपा नेपालले पनि सकारात्मक प्रतिक्रिया दिएको छ ।

प्रतिनिधि सभामा दुई तिहाई बहुमतको नजिक रहेको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार राष्ट्रिय सभामा भने अल्पमतमा छ । जसपा नेपालले मत जाहेर नगर्दा अध्यादेश अस्वीकृत हुने निश्चित छ । अध्यादेशको बारेमा जसपा नेपाल रुष्ट छ । जसपाले पार्टीभित्र आन्तरिक कार्यदल बनाएर नै अध्यादेशबारे अध्ययन गरेको छ । राजकिशोर यादवको नेतृत्वमा बनेको कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ । बिहीबार बस्ने संसदीय दलको बैठकको उक्त प्रतिवेदनको आधारमा निर्णय लिने छ ।

बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याएको ६ वटा अध्यादेश निर्णायर्थ पेश हुँदैछ ।