काठमाण्डु- संसदमा विचाराधीन अध्यादेश पारिन गर्नुपूर्व जसपा–नेपालका अध्यक्ष उपेन्द्र यादव कतार गएका छन् ।
जसपा नेपालले अध्यादेशमा समर्थन नगर्ने जनाएपछि सरकारले संसदमा निर्णयार्थ पेश गर्न सकेको छ । राष्ट्रियसभामा सरकारको बहुमत छैन । राष्ट्रियसभाबाट अध्यादेश पारित हुन जसपाको समर्थन आवश्यक छ ।
राष्ट्रियसभामा ३ सिट रहेको जसपा नेपालले पारित नगर्ने बताएसँगै कांग्रेस–एमाले गठबन्धनले अध्यादेशलाई निर्णयार्थ पेस गर्न पछि हटेका छन्। सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालको असन्तुष्टि छ ।
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश संशोधन नगर्ने अरू ५ अध्यादेशमा पनि साथ नदिने चेतावनी दिएका छन् । अध्यादेश पारित गर्न समयको सीमितता रहेकाले चाँडो पारित गर्नुपर्ने कानुनी बाध्यता छ । अध्यादेशको विवाद टुंगोमा नपुगी अध्यक्ष यादव बुधबार कतार प्रस्थान गरेका छन् ।
नेपाली समाज कतार, मधेस प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद् अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सवमा भाग लिन उनी कतार गएका हुन् । यादव कतार गएपछि अध्यादेश झन अन्योलमा परेको छ । उनी फागुन १२ गते दुबई हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया