निर्वाचनको विकल्प छैन तर सुरक्षामा धेरैको चिन्ता छ : अध्यक्ष यादव

निर्वाचनको विकल्प छैन तर सुरक्षामा धेरैको चिन्ता छ : अध्यक्ष यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा निर्वाचनको विकल्प नभएको बताएका छन् ।

शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणबारे धेरैको चिन्ता र चासो रहेको बताउँदै सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘सरकारको दायित्व नै निर्वाचन गराउने हो । जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ,’ उनले भने ।

पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसंख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिए । उनले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र संघीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने धारणा राखेका छन् ।

पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।