जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । त्यसलाई सांसद महेन्द्रराय यादवले समर्थन जनाएका थिए।

आजको बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुरसहित ११ सांसद अनुपस्थित रहेका थिए । निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादवलाई पार्टी आधिकारीकता दिएपछि संसदीय दलको नेता चयन गरिएको हो ।