काठमाण्डु गठबन्धनको बिहीबार साँझ पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागि नहुने भएका छन् । सत्ता गठबन्धनले एमसीसीबारे निर्णायक छलफल गर्न बोलाएको बैठकमा यादव सहभागि नहुने भएका हुन् ।
‘अध्यक्ष उपेन्द्र यादव गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले भने ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो ।
सत्ता गठमन्धन दलहरु मध्ये नेपाली कांग्रेस मात्र एमसीसीको पक्षमा उभिएको छ । यता नेकपा माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पाग गर्न सहयोग नगर्ने बताइसकेको छ ।




प्रतिक्रिया