लोसपा सत्ता गठबन्धनमा सहभागी भए स्वागत गर्छौं: उपेन्द्र यादव

लोसपा सत्ता गठबन्धनमा सहभागी भए स्वागत गर्छौं: उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्न तयार भएको ताएका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले लोसपा हालको पाँच दलीय गठबन्धनमा सहभागि भए आफू स्वागत गर्न तयार भएको बताएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेका छन् । लोसपाले पनि आफ्ना माग सम्बोधन गरे सरकारमा सहभागि हुने बताएको छ । ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ, । हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’ उनले भने ।

त्यसैगरी उनले आफू गठबन्धनको पक्षमा उभिएको पनि दावी गरे । उनले भने, ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस् । भलै कुनै पार्टीलाई कतै नोक्सान त कदै फाइदा पनि हुन्छ ।’

अध्यक्ष यादवले लासपाले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए ।