कानुन बनाउने ठाउँमा आइपुगेंः कानूनमन्त्री यादव

कानुन बनाउने ठाउँमा आइपुगेंः कानूनमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताएका छन् ।

सोमबार दिउँसो उप तथा कानुनमन्त्रीको पदभार ग्रहण गर्दै उनले आफू कानुन बनाउने ठाउँमा आइपुगेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्री हेरफेर गरेका थिए । यसअघि स्वास्थ्य मन्त्री रहेका यादवलाई हेरफेरपछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो । सो समयमा भारत भ्रमणमा रहेका कारण उनले सोमबारमात्रै पदभार ग्रहण गरेका हुन् ।

सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरेको र मन्त्री हटाएको भन्दै यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने चेतावनी दिएको थियो ।