संसदीय व्यवस्था समाप्त गर्न नेकपाले संविधान संशोधन गर्न लाग्योः उपेन्द्र यादव

संसदीय व्यवस्था समाप्त गर्न नेकपाले संविधान संशोधन गर्न लाग्योः उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय व्यवस्था समाप्त गर्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधनका लागि बनाएको आरोप लगाएका छन् ।

पार्टीको प्रवास कमिटीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा यादवले जनताबाट निर्वा्चित नभइ प्रधानमन्त्री बनाउने व्यवस्था गर्न कार्यदलले संसदीय प्रणाली नै समाप्त गर्न खोजिएको आरोप लगाएका हुन् ।

यादवले भने, ‘संसारको संसदीय व्यस्थाको मूल आधार नै जनताबाट निर्वाचित संसदबाट बहमुतप्राप्त व्यक्ति मात्रै प्रधानमन्त्री हुन पाउने व्यस्था छ । त्यसलाई समाप्त पार्न खोजियो ।’

उनले लोकतन्त्रको मोडालिटी अन्य देशको जस्तो हुन नसक्ने पनि बताए । आर्थिक विकास गरेर मात्रै समाजवादको यात्रामा जान सकिने बताए ।

यादवले अहिले राजनीति समाजवाद विमुख भएको आरोप पनि लगाए । उनले संविधानको परिमार्जन संशोधनको आवश्यकता रहेको बताए । शनिवार नेकपाले वामदेव गौतमका लागि संविधान संशोधन गर्न कार्यदल बनाएको चर्चा भइरहेको छ ।

यादवले मुलुकलाई सही दिशामा लैजान कम्युनिस्टले नचाहेको र कांग्रेस गति छाडा भएको आरोप पनि लगाए ।