काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने बताएका छन् ।
शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले जसपा सरकारमा नजाने स्पष्ट पारेका हुन् । उनले रेशम चौधरीसहितका कैदीबन्दीको रिहाईका लागि सरकारसँग वार्ता भइरहेको बताए ।
‘राजबन्दीको रिहाई र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो,’ यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी हो, त्यसैले जसपा यो सरकारमा कुनै हालतमा जाँदैन ।’
अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । उनले अब प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनुपर्ने जिकिर गर्दै संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया