जसपा आधिकारिकता विवाद : उपेन्द्र यादव पक्षमा बहुमत जुट्यो, ३४ जनाले गरे सनाखत

जसपा आधिकारिकता विवाद : उपेन्द्र यादव पक्षमा बहुमत जुट्यो, ३४ जनाले गरे सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत पुगेको दाबी गरेका छन् ।

निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष यादवले आफ्नो पक्षमा हालसमम ३४ जनाले हस्ताक्षर गरेको बताए । उनले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने समते बताए ।

‘उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो । हामीले घोक्र्याएर पार्टीबाट निकाल्न खाजेका होइनौं । बिराएको बाटो सच्याएर र आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ,’ उनले भने ।

त्यस्तै महन्त ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका छन् । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका छन् । रेशम चौधरी आयोग जाने तयारीमा छन् । उनले कुन पक्षमा सनाखत गर्छन्, त्यो भने अझै खुलाइएको छैन ।

पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवशयक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।