जसपा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई गोदावरीस्थित रिसोर्टमा राखियो

जसपा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई गोदावरीस्थित रिसोर्टमा राखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति सदस्यहरुलाई रिसोर्टमा राखिएको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षका कार्यकारिणी सदस्यलाई गोदावरीस्थित एक रिसोर्टमा राखिएको हो ।

पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्ने भनिए पनि पछि सबै कार्यकारिणी सदस्य र सांसदलाई रिसोर्टमा राखेर छलफल थालिएको सो पार्टीका नेता इस्तियाक राईले जानकारी दिए । प्रशिक्षणसहित समसामयिक विषयमा छलफल गर्नका लागि रिसोर्टमा बसिएको उनले बताए ।

सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई राखेर यादव, भट्टराई, आशोक राई ,राजेन्द्र श्रेष्ठ महेन्द्र राय यादवलगायत नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गराउने छन् ।

जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले विवाद निरुपणका लागि ५ सदस्यीय इजलास गठन गरेर सुनुवाइ गर्दै आएको छ ।बिहीबार बसेको आयोगको इजलासले ११ साउनमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सबै सदस्यलाई सक्कल कागजातसहित उपस्थित हुन आदेश दिएको छ ।