स्विट्जरल्याण्डका राजदूतले भेटिन् जसपा अध्यक्ष उपेन्द्र यादवलाई

स्विट्जरल्याण्डका राजदूतले भेटिन् जसपा अध्यक्ष उपेन्द्र यादवलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच भेटवार्ता भएको छ ।

राजदूत क्यापेलरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा पुगेर बुधबार दिउँसो अध्यक्ष यादवसँग भेटवार्ता गरेकी हुन् । भेटमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको यादवको सचिवालले जनाएको छ ।