उपेन्द्र यादवले निर्वाचन आयोगलाई पत्र पठाए

उपेन्द्र यादवले निर्वाचन आयोगलाई पत्र पठाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।

यादवले अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जानकारीसहितको पत्र आयोगलाई पठाएका हुन् ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार पत्र पठाउन आग्रह गरेको थियो । आयोगले पत्रको ढाँचा नमिलेको भन्दै फिर्ता पठाएको हो ।

यादवको पक्षमा कार्यकारिणी समितिमा बहुमत रहेको छ । जेठ १७ गते आयोगलाई पत्र पठाउँदै अध्यक्ष यादवले महन्थसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रलाल शुक्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको बताएका थिए ।