जसपाभित्र मन्त्री बन्न हानाथाप : उपप्रधानमन्त्री नपाए सरकारमा नजाने उपेन्द्र रणनीति

जसपाभित्र मन्त्री बन्न हानाथाप : उपप्रधानमन्त्री नपाए सरकारमा नजाने उपेन्द्र रणनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शक्ति बाँडफाँडलाई लिएर सत्तारुढ दलहरुबीच विवाद उत्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री दिए मात्र सरकारमा सहभागी हुने अडान लिएपछि गठबन्धनभित्र विवाद सिर्जना भएको हो ।

उपेन्द्र यादव उपप्रधानमन्त्री लिएर आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवा एक जना पनि उपप्रधानमन्त्री नबनाउने पक्षमा छन्।

उपप्रधानमन्त्री नपाउने भएपछि अध्यक्ष यादव प्रधानमन्त्री देउवासँग रुष्ट बनेका छन् । उपप्रधानमन्त्री नपाए उपेन्द्र सरकारमा नहुने मनस्थितिमा पुगेका छन् ।

यादव निकट स्रोतकाअनुसार जसपाबाट आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने नपाए पार्टीलाई पनि सरकारमा जानबाट रोक्ने रणनीतिमा लागेका छन् । यादवले आफ्नो पार्टीलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र,स्वास्थ्य र भौतिक योजनाजस्ता शक्तिशाली मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री देउवा भने उनलाई ती मन्त्रालय नदिने पक्षमा छन् ।

उनले परराष्ट्रमा डाक्टर नारायण खड्का, स्वास्थ्यमा ज्ञानेन्द्र बहादुर कार्की,कानुनमा पुष्पा भुषाल र रक्षामा शंशाक कोइरालालाई मन्त्री बनाउने योजना बनाएको स्रोतको दावी छ । यता उपेन्द्र यादवको रणनीतिक असफल पार्ने दाउमा पार्टीकै नेता डा. बाबुराम भट्टराई र अशोक राई लागेका छन् । उनीहरुले जसपाभित्र बहुमत जुटाएर सरकारमा सहभागी हुने तयारी गरेको जसपाका एक नेताले बताए । यादवको स्वार्थ बुझेका भट्टराई र राईले बहुमत सांसदलाई आफ्नो पक्षमा पारेर सरकारमा पठाउने तयारी गरेको स्रोतको दाबी छ ।

साथै खेमा बदलेर उपेन्द्रलाई समर्थन गर्न पुगेका महेन्द्र यादव र मृगेन्द्र यादव मन्त्री नबन्ने सम्भावना रहेको छ । आर्थिक विषयमा विवादमा आएका महेन्द्र यादवलाई पार्टी भित्रैबाटै रोक्ने प्रयास भएको छ । यादवको नाममा बाबुराम र अशोकले समेत आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको चुनाव हारेका कारण मृगेन्द्र यादव पनि मन्त्री बन्नबाट रोकिएका छन् । निर्वाचित सांसदहरु भएकै अवस्थामा चुनाव हारेकालाई मन्त्री नबनाउन जसपाभित्र दबाव छ ।

त्यसैगरी बाबुरामले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्री बनाउने तयारी गरेका छन् । श्रेष्ठलाई मन्त्री बनाउन बाबुरामले पहल गरेपनि पार्टीभित्रै विरोध भएको छ । पार्टीको जनाधार नभएका र खासै भोट पनि ल्याउन नसकेका श्रेष्ठलाई मन्त्री बनाउंन नहुने जसपाभित्र दबाव छ । तर, बाबुरामले राजेन्द्र वा ईस्तियाक राईमध्ये एकजनाको नेतृत्वमा सरकारमा पठाउन खोजेका छन् ।

जसपा सरकारमा सहभागी भएको अवस्थामा राजेन्द्र श्रेष्ठ,इस्तियाक राई,रेणु यादव, प्रदिप यादवलगायत मन्त्री बन्नेमा छन् ।

 

उपेन्द्रलाई महन्थ ठाकुर पक्षबाट आएका सांसदलाई पनि मन्त्री बनाउनुपर्ने दबाब बढेको छ । ठाकुरलाई छाडेर मन्त्री बन्ने लोभमा १० जना सांसद यादवको पक्षमा लागेका थिए । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले उनीहरूमध्ये १ जनालाई मात्रै राज्यमंत्री बनाउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

यता माओवादी केन्द्रमा पनि मन्त्री बन्न चर्को दौडधुप छ । माओवादीबाट हरिबोल गजुरेल,देवेन्द्र पौडेल,अंजना विशंखे, अमनलाल मोदी,तारामान स्वार र महेश्वर गहतराज मन्त्री बन्ने सम्भावना छ । देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएपनि अझैसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् ।