सरकार छाड्दै उपेन्द्र यादव, केहीबेरमै राजीनामाको घोषणा

सरकार छाड्दै उपेन्द्र यादव, केहीबेरमै राजीनामाको घोषणा


काठमाडौं – कानुन, न्याय तथा संसदीय मन्त्री उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ ।

संविधान संशोधनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अस्वीकार गरेपछि समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीबाट सरकारमा २ मन्त्री रहेका छन् । समाजवादी पार्टीले दिँसो २ बजे संसदीय बैठक बोलाएको छ । सोही बैठकमा यादवले राजीनामा दिने उनका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए ।