ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन, प्रचण्डसँग थप छलफल गर्छौंः उपेन्द्र यादव

ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन, प्रचण्डसँग थप छलफल गर्छौंः उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने भएका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डसँग सत्ता समीकरणबारे छलफल गरेर बाहिरिने क्रममा नेता यादवले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरियो भने ओलीलाई धन्यवाद दिइने तर सत्ता सहयात्राका लागि उनीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन् ।

उनले माओवादी केन्द्रसँग केपी ओलीलाई सत्ताबाट बाहिर निकाल्ने विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो, यसबारे थप छलफल गर्नेछौं,’ उनले भने, ‘हाम्रो दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू । कुनै पनि हालतमा ओलीसँग सहकार्य हुँदैन । रेशम चौधरीको रिहाइ भयो भने ओलीलाई धन्यवाद मात्र दिन सक्छौं ।’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए ।