आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने उपेन्द्र–बाबुराम समूहको निर्णय

आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने उपेन्द्र–बाबुराम समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–बाबुराम भट्टराई समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यकारिणी समितिको बैठकले आयोगले जसपाका दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्ने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आइतबार जसपाको दुवैपक्षको निर्णयलाई आधिकारिकता दिन अस्वीकार गरेको थियो ।