काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई स्पष्टिकरण सोधेका छन् । जसपा महन्थ ठाकुर समूहबाट मन्त्री बनेका ९ जनालाई अध्यक्ष यादवले स्पष्टिकरण सोधेका हुन् ।
अध्यक्ष यादवले आइतबार राजकिशोर यादव, अनिलकुमार झा, उमाशंकर अरगरिया, शरदसिंह भण्डारी, चन्दा चौधरी, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई स्पष्टिकरण पत्र पठाएका हुन् । उनले पार्टीको निर्देशन विपरित सरकारमा सहभागी भएको भन्दै छुट्टाछुट्टै स्पष्टिकरण पत्र पठाएका हुन् ।
अध्यक्ष यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्दै पार्टीबाट निष्काशन गरिसकेका छन् । जसपामा उपेन्द्र पक्षसँग कार्यकारिणी समितिको बहुमत रहेको छ भने महन्थ पक्षसँग संसदीय दलमा बहुमत रहेको छ ।




प्रतिक्रिया