काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन, न्याय तथा संसदीय मन्त्री उपेन्द्र यादवले मन्त्रीपरिषद बैठकमा लगेको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । साेमबार मन्त्रिपरिषद बैठकमा सहभागी भएका मन्त्री यादवले लगेका संविधान संशोधनको पस्ताव बैठकमा प्रस्तुत हुन नपाउँदै प्रधानमन्त्रीले सिधै अस्वीकार गरेका हुन् ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले दलहरुबीच सहमति जुटेपछि मात्रै संविधान संशोधनको विषय मन्त्रीपरिषद बैठकमा लगिन्छ । तपाई आउँदा दलहरुमार्फत आउनुस्, यो सिधै मन्त्रिपरिषदमा पेश गर्ने ठाउँ होइन भन्दै मन्त्री यादवको प्रस्ताव अस्वीकार गरेका थिए । मन्त्री यादवले कुनै दलहरुबीच छलफल नै नगरि सिधै मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगेका थिए ।
समाजवादी पार्टीका सह–महासचिव प्रकाश अधिकारीले पार्टीले संविधान संशोधनको प्रस्ताव मन्त्रीपरिषद बैठकमा पठाएको जानकारी दिए । उनले नेकपा सरकारले संविधान संशोधन गर्न नचाहेमा आफ्नो पार्टीले छलफल गरेर अघि बढ्ने बताए ।




प्रतिक्रिया