काठमाण्डु – सत्ता गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेपाल आएकै दिन गठबन्द्धनमा आवद्ध दलका नेताहरुले सत्तारुद्ध कांग्रेस बाहेको बैठक बसेको हो । एमसीसी सम्झौता कार्यान्वयन गर्न कांग्रेसले हरसम्भव प्रयास गरिरहेको छ ।
एमालेले पनि कांग्रेसलाई साथदिने आँकलन गरिएको छ तर सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलले भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने बताउँदै आएका छन् ।
बिहीबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव निवास सिटी स्केप अपार्टमेनमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।
सरकारले एमसीसी सम्झौता संसदको कार्यशूचीमा प्रवेस गराए गठबन्धन फुट्ने बलियो सम्भावना छ भने एमसीसी पास नगर्ने हो भने अन्य वैदेसीक लगाउनी भित्राउन मुस्किल हुने सरकारको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने तयारी गरिरहेका बेला गठबन्धनको विवाद उत्कर्षमा पुगेको हो ।
मन्त्रालयबारे छलफल
यस्तै आजको भेटमा सरकार गठनको ५० दिन कटिसक्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको प्रति पनि छलफल गरेका थिए । स्रोतकाअनुसार देउवा नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुनका लागि तीन वटै दलले बराबरी भागबन्डा हुनुपर्ने बताउँदै आएका छन् ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । कांग्रेससहित माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले मन्त्रालयको भागबन्डा मिलाउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो ।
सत्ता गठबन्धनका दलहरुले मन्त्रालयमा आकांक्षा राखेपछि भागबन्डा मिल्न सकेको छैन् । नेकपा एसले ६ वटा मन्त्रलायमा दाबी गर्दा जसपाले पनि सोही संख्यामा मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । साथै जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहितका शक्तिशाली मन्त्रालयमा आकांक्षा राख्दा समस्या उत्पन्न भएको छ ।




प्रतिक्रिया