परिर्वतनकारी शक्तिको मोर्चा बनेको हो : उपेन्द्र यादव

परिर्वतनकारी शक्तिको मोर्चा बनेको हो : उपेन्द्र यादव


काठमाण्डु – जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालका उपेक्षित,शोषित,पिडित जनताले परिर्वतनलाइ अनुभूति गर्न नपाएका बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मुलुकको शासन पद्धति बदलिएपनि शासन शैली र मानसिकता पुरानै रहेकाले यसलाई सुधार्नुपर्ने बताएका हुन्।

उनले मोर्चाको प्रमुख उदेश्य संघीयता र लोकतन्त्रलाई संस्थागत गर्नु रहेको उल्लेख गरे। उनले भने, ‘विभिन्न क्षेत्रबाट प्रतिगमनकारी शक्ति र तिनका मतियारहरुबाट यसलाई समाप्त पार्ने प्रयास भएका छन्। ती प्रयासहरुलाई असफल गर्ने उपलब्धि हासिल गर्न जनसंघर्ष र सदनबाट प्राप्त संघर्ष हुनेछ। वर्तमान संविधानको सबैले अपनत्व गर्न सकेका छैनन्। संशोधन र परिमार्जनको माध्ययमबाट सच्याउँदै अघि बढ्ने उद्देश्य छ।

मुलुक आर्थिक रुपमा अत्यन्तै पछाडि छ। राजनीतिक अधिकार प्राप्तिसँगै आर्थिक क्रान्तिलाई अघि बढाउनुपर्ने छ। मुलुकमा एकथरी शक्ति मुलुक पछाडी र एकाथरि शक्तिहरु यसैलाई ठिक मान्नेहरु छन्। परिर्वतनकारी शक्तिको मोर्चा बनेको हो। राजनीतिक रुपमा धेरै कार्यहरु गर्न बाँकी छ।’

मोर्चा,गठबन्धन बन्दै भत्किँदै गएको कारण मानिसहरुलाई आशंका हुने भएकाले उक्त आशंकालाई व्यवहाारबाट तोड्नुपर्छ। मोर्चा कसैको विरुद्धमा नभएको उनको भनाई छ।