काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता जस्ता उपलब्धीमा ग्रहण लाग्न थालेको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले यस्ताे बताएका हुन् ।
त्यस्तै सम्बाेधनकाे क्रममा अध्यक्ष यादवले नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलव्धी जोगाउन नसक्ने नियति भोगि रहनुपरेको समेत बताए ।
‘हामी आन्दोलन पनि गर्छौ, परिवर्तन पनि गर्छौ तर त्यसलाई जोगाउन सक्दैनौ’, यादवले भने, ‘अहिलेसम्मका आन्दोलनको सवैभन्दा ठुलो उपलव्धी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनु हो । यसभित्र नै समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता लगायतका मानिसका आधारभूत अधिकारको प्रयोग र उपयोगको व्यवस्था छ ।
’तर उनले यिनै अधिकार दिने व्यवस्था खतरामा परेको हो की भन्ने चिन्ता बढ्न थालेको बताए । ‘अहिले कताकता संघीयतामाथि नै प्रहार हुन थालेको आभास हुन थालेको छ’, यादवले भने, ‘प्रदेशहरूमा कानुन नबनाउनु, भएका पनि कार्यन्वयन नहुनुले स्वभाविक चिन्ता बढेको छ ।’
माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र,समावेशी लोकतन्त्र समेत धरापमा परेको बताए ।




प्रतिक्रिया