काठमाडौँ — माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरु गरेको छ । यस आयोजनाको कूल जडित क्षमता ६० मेगावाट भएकोमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन शुरु भएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरे। उनका अनुसार आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ ।
शुक्रबार बेलुका ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने र त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने जनाइएको छ। यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ।
आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ ।
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।




प्रतिक्रिया