कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधबीच सञ्चालन भएको थियो । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका थिए । त्यसपछि प्रतिनिधि सभा बैठक पनि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।