अपर कर्णालीको कार्यालयमा बम विस्फोट

अपर कर्णालीको कार्यालयमा बम विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सन्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो।

विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको जिल्ला प्रहरी कार्याल अछामले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ। घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।