विद्युतमा सुधार अभियान, एकै दिन तीनवटा सबस्टेशन सञ्चालनमा

विद्युतमा सुधार अभियान, एकै दिन तीनवटा सबस्टेशन सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—नेपाल विद्युत प्राधिकरणले सोमबार तीन वटा सबस्टेशन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३—११ केभी सब(स्टेसनको परीक्षण गरी सञ्चालन (चार्ज) मा ल्याएको हो । त्यस्तै, सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साइन र पालुङटार सब(स्टेसन निर्माण गरिएको हो ।

बाँकेको धामपुरमा निर्माण भएको ३३—११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ।

सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित,भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइएको उनले बताए।

नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा वितरण सब(स्टेशनको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सब(स्टेशन सञ्चालनमा आइसकेका छन् ।

त्यसमध्ये चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा ५ वटा सब(स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाइएको छ।