दूधकोशी जलविद्युत सफल पार्न सरोकारवालाको भूमिका अहम : ऊर्जामन्त्री पुन

दूधकोशी जलविद्युत सफल पार्न सरोकारवालाको भूमिका अहम : ऊर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम सही दिशामा अघि बढिरहेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले बनाइरहेको आयोजनाबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँगको छलफलमा मन्त्री पुनले यस्तो बताएका हुन्।

पुनले निर्धारित समय भित्र काम सक्नेगरि अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी गराए । सहज रुपमा काम सम्पन्न गर्नका लागि तीनै जिल्लाका सांसद, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सकारात्मक सहयोगी भूमिका आवश्यक पर्ने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको रुपमा रहेको दुधकोशी जलाशययुक्त आयोजनाको एडिवीको सफ्ट लोनमा विस्तृत अध्ययन गरिरहेको छ । उसले अध्ययन पश्चात आयोजना निर्माण्मा समेत लगानी गर्ने चासो देखाएको छ । सोलुखुम्ब र तथा ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने आयोजनाको ड्याम २ सय २० मिटर अग्लो बन्नेछ भने पावर हाउस खोटाङ जिल्लामा बन्नेछ । आयोजना निर्माण गर्दा ११ सय ५० घरधुरी प्रभावित हुने तथा १ सय ६२ घर विस्थापित हुने अध्ययनले देखाएको छ । आयोजनाको अनुमानित लागत १ अर्ब ५२ करोड अमेरिकी डलर रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको कार्यप्रगति बारे सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाका संघीय संसदका सदस्यहरु हेमराज राई, यज्ञराज सुनुवार र विशाल भट्टराईसहित सम्बन्धीत गाउँपालिकाका अध्यक्ष र सरोकार समितिले मन्त्री पुन समक्ष जिज्ञासा राखेका थिए । छलफलमा मन्त्रालयका सहसचिव नवीन सिंह, विद्युत विकास आयोगका महानिर्देशक मधु भेटवाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतकाे सहभागिता थियाे।