माथिल्लाे तामाकोशी तेस्रो जलविद्युतकाे क्षमता घट्दैन : मन्त्री विष्ट


काठमाडाैँ—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले  दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता नघट्ने बताएका छन्।  आयोजनाको क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेका  बेला मन्त्री विष्टकाे भनाइ सार्वजनिक भएकाे हाे।

 ६५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २०० मेगावाट क्षमतामा निर्माण गर्न लागेको खबर सार्वनजनिक भएकाे थियाे। मन्त्री विष्टले क्षमता घटाउने भनेर  हल्ला मात्र भएको र आधिकारीकरूपमा सरकारको तर्फबाट कतै पनि सम्झौता नभएको स्पष्ट पारे।

मन्त्री विष्टले सरकारसँग नागरिकको धेरै अपेक्षा रहेको र अहिले सरकारप्रति विभिन्न आलोचना भइरहेको भए पनि परिणममुखी नतिजा आउन केही समय लाग्ने भएका कारण सरकारले परिणममुखी नतिजा दिने उद्देश्यले काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement