आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः ऊर्जामन्त्री

आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः ऊर्जामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेका मन्त्री पुनले जलविद्युत आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका समेत बताए।

मन्त्री पुुनले किमाथांका आयोजना छलफलमार्फत टुंग्याएर अघि बढ्ने बताए। उनका अनुसार उक्त आयोजना बनाउन चीन सरकारले चासो दिएको छ।

मन्त्री पुुनले तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढाउदै अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको समेत बताए। ‘यसअन्तरगतका सबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने छन्,’ उनले भने।

अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको र माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको उनले बताए।ऊर्जामन्त्री पुनले आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तो मात्रै भएको टिप्पणी गर्दै अब आयोजनाहरु निर्माणको चरणमा लैजाने कुरामै सरकारको प्राथमिकता रहेको सुनाए ।