ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ : ऊर्जामन्त्री बस्नेत

ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ : ऊर्जामन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन् ।

शुक्रबार सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकामा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् थपिनुले देश प्रगतितर्फ अघि बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको बताए।

आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनीरुपमा थप व्यवस्था गर्न लागिएको बताए।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनमा आएसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशले निजी क्षेत्रलाई सरकारको अङ्गका रुपमा राखेर भौतिकरुपमा मात्र नभई मानवीय विकास सुरु गरेको बताए।